Information

Shyam Prasad Giri

@shyam-prasad-giri1
अल्लो (Himaalayan Nettle) र भांगा (Himalayan Hemp) प्राकृतिक रेशा निकालिने नेपालका तुलनात्मक लाभका बनस्पति हुन। Hemp World Nepal नेपालमा पाइने अल्लो, भांगा, केरा, बाँस, भुइँकटहर (Pineapple), चिप्ले भिण्डी (रामतोरिया), केतुकी (Sisal) आदि रेशा दिने बनस्पति बाट उत्पादन हुने धागो, कपडा र यसको फेशनेवल उत्पादनलाई संसारभर प्रचार र प्रबर्द्धन गर्ने अभियान हो। यो अभियानले नेपाली प्राकृतिक रेशाको धागो र कपडा प्रयोग गरी गुणस्तरीय उत्पादन गर्ने देशै भरिका साना देखि ठुला उध्योगी लाई
उनीहरुको उत्पादनमा प्रयोग गर्न Hemp World Nepal को लोगो (Logo) उपलब्ध गराउछ भने यो ब्राण्ड (Brand) को संसारभर प्रबर्द्धन पनि गर्दछ। यसको नियमन (Regulate) नेपाल घरेलु तथा साना उध्योग महासंघ र राष्ट्रिय अल्लो उध्यमी संघ नेपालले संयुक्त रुपमा गर्दछन।